• साना व्यवसायीलाई सहुलियत, २ करोडसम्मको कर्जालाई पुनर्तालिकीकरण गर्न सकिने

    साना व्यवसायीलाई सहुलियत, २ करोडसम्मको कर्जालाई पुनर्तालिकीकरण गर्न सकिने

    १२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ल्याएको प्रावधान कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । जसअनुसार अब साना तथा मझौला व्यवसायीले सहुलियत पाएका छन् ।

    नेपाल राष्ट्र बैंककाअनुसार २ करोडसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी एक पटकका लागि कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सकिने भएको छ । त्यसक्रममा ऋणीले बुझाउनु पर्ने ब्याजको १० प्रतिशत रकम भने असुल उपर गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।


  • १२ बुँदे समझदारीका पक्षधर राष्ट्रपति चुनावमा एक ठाउँमा उभिनुपर्छ : प्रचण्ड

    १२ बुँदे समझदारीका पक्षधर राष्ट्रपति चुनावमा एक ठाउँमा उभिनुपर्छ : प्रचण्ड

    ८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाह्रबुँदे सहमतिमा हस्ताक्षर गरेका दलहरु राष्ट्रपति निर्वाचनका बेलामा पनि एक ठाउँमा रहनुपर्ने बताएका छन् ।

    सोमबार दिउँसो पोखराको लेखनाथमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले बाह्रबुँदे सहमति, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँमा रहेका शक्ति राष्ट्रपति निर्वाचनका बेला पनि मिल्नुपर्ने आफूहरुको मत रहेको बताएका हुन् ।

    ‘१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए। फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ । राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो’ उनले भने ।

    आफूहरुले राष्ट्रपतिमा कुनै व्यक्तिको कुरा नगरेको भन्दै तीन ठूला दल एक ठाउँमा रहनुपर्ने धारणा राखेको बताए । ‘राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प छन्, ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन’ उनले भने,  ‘राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ। हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ। तर, ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ ।’



समाचार




प्रदेश समाचार